समातामुलक समाज हाम्रो एकमात्र लक्ष्य हो : प्रधानमन्त्री ओली

काठमाडौं, १५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा शुभकामना दिदै समातामुलक समाज निर्माण गर्ने एकमात्र लक्ष्य रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण गुरुङ सुमदायलाई नयाँ वर्षकोरुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले भनेका छन, ‘मुलत नेपालमा राजनीतिक मुद्धाहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं । सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको छ । समातामुलक समाज हाम्रो एकमात्र लक्ष्य हो ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित

काठमाडौँ, ११ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ