शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट पीडित हुनु पर्दैन : प्रवक्ता श्रेष्ठ

गोरखा, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोही पनि नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट पीडित हुनु नपर्ने बताउनुभएको छ ।

गोरखाको बारपाकमा आज प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा प्रवक्ता श्रेष्ठले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ । उहाँले सरकार गठन गरेको ९ महिना मात्र भएकाले अहिले नै सरकारले केही गरेन भनेर भन्ने स्थिती नभएको बताउनुभयो । उहाँले सरकारले विकास र समृद्धिको बाटो तयार गरेको र अब तत्कालै त्यसको नतिजा आउन थाल्नेमा सवैलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पु¥याएको नेता श्रेष्ठले दावि गर्नुभयो ।

सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका काम पछिल्लो चरणमा तीव्रगतिमा अघि बढेको भन्दै लाभग्राहीको सूचीमा नपरेका वास्तविक भूकम्पपीडितको गुनासा तत्काल सम्बोधन हुने बताउनुभयो । शैक्षिक बेरोजगारलाई व्यवसाय सञ्चालन गर्नेगरी प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी