जिल्ला सहकारी संघ लि. भक्तपुरको २० औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर १३,पौष । राम चन्द्र प्रजापति । जिल्ला सहकारी संघ लि. भक्तपुरको २० औं बार्षिक साधारणसभा संघका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा आज तलेजु वेन्क्युट राममन्दिर भक्तपुरमा सम्पन्न भएकोछ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले पानसमा दिप प्रज्ज्वलित गरि समुघाट्न गर्नु भएको छ ।

संविधानले ७७ वटै जिल्ला समन्वय समितिलाई चिने पनि सांघिय सभा, प्रदेश सभा र स्थनीय तहले नचिनेको दुखेसो व्यक्त गर्नु भएको छ । देशभर जिल्ला समन्वय समितिको २१ अर्व बजेट निष्क्रिय रहेको बल्ल बल्ल मन्त्री परिषदले निर्णय गरि खुलाएको अवस्था छ ।

संघियतामा सिहदरवार छाम्न सकिने स्थानिय सरकार वडा अध्यक्षसँग मात्र संघियता पुगेको छ । वडा सदस्यसम्म पनि पुग्न नसकेको संघियता के जनतालाई संघियता पुगेको महसुस पुर्‍याउन सकिने अवस्था छ रु भनी प्रश्न गरेको छ । संघियता अन्यौल रहेको बताउदै अहिले सं संस्था सहकारीको सुनुवाइ कहाँ सुनाउने अन्यौल अवस्थामा छ ।

एक समय भक्तपुरका कृषकहरुले मल कहाँ पाइन्छ भनि सोधे जिल्ला सहकारी संघ भक्तपुरको सल्लाघारीमा पाइन्छ भन्ने गरेको स्मरण गर्नु भएकोछ । मान्छे विज्ञ बन्न सक्छ, सर्वविज्ञ बन्न नसक्ने हुनाले एक्लै केही गर्न नसकिने सबै मिलेर अगाडि बढनु पर्ने कुरा बताउनु भएकोछ ।

जिल्लामा रहेका सहकारी व्यवस्थापन गर्न जिल्ला समन्वय समितिको प्रमुखले जिल्ला संघका पदाधिकारी लगाएत सवैसग बसि अन्तरक्रिया कार्यक्रम तुरुन्तै राख्न पनि निर्देशन दिनुभएको छ । सहकारी अनुगमन समिति बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

कार्यक्रमका सभापति महेश श्रेष्ठले नेपालकै पहिलो जिल्ला संघ भए पनि धनी छोराछोरीका गरिव अभिभावक भएको दुखको वेदना सुनाउनु भयो । उहाले संघमा जिल्ला सघ ३ वटा, प्रारम्भिक संस्था १०८ वटा गरि जम्मा १११ वटा सदस्य रहेको समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १३ असार । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पनि कम्युनिस्ट तथा बामम्पन्थी पार्टीसँग एकता