डोरीतान संघका पदाधिकारी जिल्ला दौडाहामा

प्रशिक्षण, कमिटि गठन र खेलाडी छनौट मुख्य उद्देश्य

काठमाडौं, १३ पौष । डोरी तान संघ (नेपाल टग अफ वार) नेपालका केन्द्रीय पदाधिकारीहरु शुक्रबारदेखि जिल्ला दौडाहामा निस्किएका छन् ।

संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सूर्य भट्टराईको नेतृत्वमा जिल्ला दौडाहामा निस्केको टोलीमा संघका महासविच तथा वरिष्ठ प्रशिक्षक केशवराज गौतम, उपाध्यक्ष सिबि चन्द, केन्द्रीय सदस्य भोजराज दाहाल र खड्ग बोहोरा छन ।

डोरीतान खेलबारे प्रदेश, जिल्ला र स्थानीय स्तरमा आवश्यक प्रशिक्षण दिन, संघको कमिटी नभएको ठाउँमा जिल्ला र प्रदेशस्तरीय कमिटि बनाउन र आगामी फागुन २१ गते उर्लाबारी, मोरंगमा आयोजना हुने राष्ट्रिय डोरीतान प्रतियोगिताको खेलाडी छनौट गर्नु जिल्ला दौडको उद्देश्य रहेको संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सूर्य भट्टराईले बताउनुभयो ।

केन्द्रीय कोषाध्यक्ष शिवभक्त सैंजुका अनुसार ८ दिने जिल्ला दौडाहा अन्तर्गत नवलपरासी वर्दघाट, नवलपुर, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतमा प्रशिक्षण, कमिटी गठन र खेलाडी छनौटको काम हुनेछ ।

संघको हालसम्म २१ जिल्लामा जिल्ला शाखाहरु खुलिसकेका छन भने फागुन २१ मा आयोजना गरिने राष्ट्रिय डोरीतान प्रतियोगितासम्म यसलाई ७ वटै प्रदेशका ४० जिल्ला शाखामा विस्तार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु