पुस मसान्तसम्म एकीकरण प्रक्रिया पूरा गर्न अध्यक्ष ओलीको प्रस्ताव

काठमाडौँ, १२ पौष । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सांगठनिक एकिकरणका सबैकामहरु पुष मसान्तभित्र सक्ने गरी योजना बनाउन र त्यसका निम्ती आवश्यक गृहकार्य गर्ने प्रक्रियाको प्रस्ताव गर्नुभएको छ ।

गत मंसिर २९ गतेदेखि जारी बैठकमा आज ओलीले जवाफ दिनुभएको हो । स्थायी कमिटीका सवै नेताहरुले उठाएको प्रश्नहरुको उक्तर दिँदै अध्यक्ष ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन पार्टीभित्र अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले पार्टी एकता ऐतिहासिक गौरवको विषय भएको र त्यसलाई सुदृढ गरी अगाडी बढ्ने आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टी र सरकारले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय हित र स्वाभिमानलाई कुनै हालतमा नछोड्ने, दृढतापूवर्क प्रक्रने र त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने कुरा भन्नुभएको छ । लोकतलन्त्रलाई नेपालको सन्दर्भमा विस्तृत ढंगले स्थापित गरिएको छ । त्यो लोकतान्त्रिक अभ्यासलाई ढदृतापूर्वक अगाडी बढाउने, सामाजिक सुरक्षा, सुशासन र सुरक्षा अगाडी बढाउनुपर्छ ।’

बैठक भोली विहान पुन ८ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै