काठमाडौं, १२ पौष । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज बिहीबार सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ५९ हजार ५ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





