तेक्वान्दो खेलको विकास र विस्तार, समस्याको समाधान परिषद्ले गर्छ : संयोजक शाही

काठमाडौँ, १२ पौष । राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा प्रदेशश नं. ३ का संयोजक शुदिल शाहीले तेक्वान्दो खेलको विकास र विस्तार व्यापक रुपमा रहेको भन्दै यसमा रहेका समस्याको समाधान पषिद्ले गर्ने बताउनुभयो ।

पौष ११ देखी १४ गते सम्म सञ्चालन भएको नबौ रास्ट्रीय गेरोगी रेफ्री सेमीनार तथा १०औ गेरोगी रिफ्रेसर कोर्स तथा दोस्रो रास्ट्रीय पुम्से रेफ्री सेमिनार तथा दोस्रो पुम्से रिफ्रेसर कोर्सको उदघाटनका क्रममा उहाँले तेक्वान्दो खेलको लागि आफ्नो तर्फबाट गर्नुपर्ने जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गुर्नभएको छ । उहाँले नेपाल तेक्वान्दो संघ नै आधिकारिक संघ भएकाले उक्त विवाद पषिद्ले नै मिलाउने बताउनुभयो ।

प्रदेश नं. ३ का अध्यक्ष तथा कार्यक्रमका सभापति केशव पुरीले प्रदेशले भोलीका दिनमा नेपाल तेक्वान्दो संघले गर्ने निर्णयलाई सहयोग तथा कार्यान्वयन गर्ने बताउनुभयो ।

कार्यक्रममा संयोजक शाही, अध्यक्ष पुरी, उपाध्यक्ष द्वय पूर्वनेपाल प्रहरीका ए.आइ.जी माधब नेपाल, प्राध्यापक प्रकाश खडगी, ने.ते. संघ केन्द्रीय सचिब नवीन कु. श्रेष्ठ, सह कोषाध्यक्ष सुमन घले, सदस्य नोर्बु लामा, कबिराज खडगी, हेमन्त डागी, नन्दा बस्याल, प्रदेशका का. महा-  सचिब राजेश प्रजापती लगाय विभिन्न जिल्ला अध्यक्ष सहित करिब २३० को सहभागीतामा बुधवारबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले