काठमाडौँ, ९ पौष । दुई तिहाइको समर्थनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालसम्म देशलाई समृद्धिको खाकामा लैजाने बाटोमा डोर्याएको छ ।
कामको गतिलाई तिव्रता लिइरहेको समयमा विकास चाहने नेताहरुले विरोधका नाममा राजनीति गर्ने भन्दा पनि राम्रो कामलाई समर्थन गरी असल नागरिकको परिचय दिनुपर्नेमा जोड दिन थालेका छन् ।
विगत लामो समयसम्म विकासको ढोका बन्द भई अन्धकारको बाटोमा हिडिरहेको देशलाई पछिल्लो समय भने विकासको गतिले तिव्रता लिएको स्वभाविक रुपले नै देख्न सकिन्छ ।
सरकारका समृद्धिका योजनाहरु : तिब्र रूपमा अगाडी बड्दै
१. काठमाडौ – केरुङ रेल्वेको डिपिआर तयार (चिनिया टोलिले बुझायो),
२. भारतीय नोट प्रतिबन्ध,
३. प्रदेशबाट श्रम स्वीकृति,
४. काठमाडौको लागि मोनोरेल डिपिआर लागि चीनिया कम्पनीसँग सम्झौता,
५. मोतिहारी – अमलेखगन्ज (नेपाल – भारत) पेट्रोलियम पाइपलाईनको कामको १२.२ किमि मात्र बाँकी,
६. नेपाल – जापान श्रम सम्झौता,
७. तातोपानी नाका बैशाख १५ बाट पुनस् सन्चालनको लागि १२.२ किमि मात्र बाँकि,
८. जय नगर – बर्दिबास रेल्वे अन्तर्गत जयनगर – कुर्था (जनकपुर) रेल (३५ किमि) तत्काल सञ्चालनको लागि रेल किन्न ५० करोड बिनियोजन,
९. कर्मचारी समायोजन अध्यादेश,
१०. समृद्धि सुचाङ्कमा नेपाल १२ स्थान अगाडी, भारत भन्दा अघि,
११. श्रममा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात,
१२. देशभरिका अधिकाशं तुइन बिस्थापन,
१३. बिदेशबाट फर्किएका युवाहरुलाई सिप प्रमाणपत्रको आधारमा कर्जा सहुलिएत र विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितोराखी सहुलियत कर्जाको सुरुवात,
१४. अन्तरास्ट्रिय स्तरमा नेपालको छवि एतिहासिक,
१५. देशका विभिन्न भागमा बिकास अनि पूनःर्निर्माणको काम तिब्र ।
सम्पादकीय






