स्वास्थ्य र शिक्षामा जोड : सेवा प्रभावकारी बनाउन सम्झौता

काठमाडौँ, ९ पौष । स्वास्थ्य र शिक्षालाई विशेष जोड दिनुपर्ने भन्दै सेवालाई प्रभावकारी बनाउन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ ।

कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको हो ।

सम्झौतामा, प्रदेशका जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गुणस्तरीय विशेषज्ञ सेवा विस्तार गर्ने, आवश्यक जिल्लामा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, अस्पताल प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको शैक्षिक अभ्यास सञ्चालन गर्ने र स्वास्थ्य अनुसन्धानमूलक कार्यक्रम प्रदेशमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थासँग सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका