जिरेलको संयोजकत्वमा १३ सदस्यीय तेक्वान्दो कार्य समिती गठन

दोलखा, ८ पौष । नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ अन्तर्गत दोलखा जिल्लामा युवराज जिरेलको संयोजकत्वमा १३ सदस्यीय कार्य समिती गठन गरेको छ ।

उपाध्यक्षमा दावा लामा, दोर्जे शेर्पा, केशब कार्की, सचिवमा पासाङ्ग शेर्पा, सहसचिवमा अमृत बहादुर कार्की, कोषाध्यक्षमा धनबहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा गौतम जिरेल, सदस्यहरुमा अस्मिता लुइटेल, रिता खत्री, रस्मिला कुलुक जिरेल, तिर्थ श्रेष्ठ गरी १३ कार्यसमिति गठन गरेको छ ।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य विशाल खड्का, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, जनप्रतिनिधि, प्रदेश नं. ३ का नेपाल तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, कार्यावहाक महासचिव राजेश प्रजापती, कन्द्रीय सदस्य कविराज खड्गी, सचिवालय सचिव विक्रम खड्गी, प्रशिक्षक, खेलाडी तथा सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा खेल जगतलाई आगामी दिनमा व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा