कांग्रेसको विधान पछ्याउन नेकपा पनि बाध्य हुन्छ : प्रवक्ता शर्मा

काठमाडौँ, ८ पौष । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको विधान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि पच्छ्याउन बाध्य हुने दावि गर्नुभएको छ ।

महासमिति बैठकको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘हामीले बनाएको विधानलई पछ्याउन कम्युनिस्ट पार्टी पनि बाध्य हुनेछ, उहाँले भन्नुभयो, ‘संविधानमा भएका ब्यवस्था अरु राजनीतिक दलले व्यवस्थापन गर्नुअगाडि हामीले गरेका छौं । हामीले लागू गछौं अनि अरुले पछ्याउनेछन् ।’

अहिलेको सरकारप्रति नेपाली नागरिकलाई वितृष्णा भइरहेको भन्दै प्रवक्ता शर्माले महासमिति बैठकले कांग्रेसको भूमिका दह्रो र खरो बनाउने दावी गरे ।

प्रवक्ता शर्माले धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म अफिम हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ, उहाँहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहनुपर्ने जरुरी छैन । जसले नेपालको सनातन धर्म, नेपालको परम्परा, नेपालका भिन्न भिन्न धर्म संस्कृतिको सम्मान आदि कुरा भन्दा भन्दा पर गएर एउटा निश्चित धर्मको प्रचारको सन्दर्भमा सरकारको संयन्त्र प्रयोग हुन्छ, प्रधानमन्त्री सहआयोजक जस्तो गरेर बस्नुहुन्छ, होटलमा गएर बस्नुहुन्छ होली वाइनको नाममा उल्लेख गर्न मिल्ने नमिल्ने कुरा ग्रहण गर्नुहुन्छ, उहाँहरुले नेपालको धर्म संस्कारको सन्दर्भ राख्नुपर्ने गम्भीर हेक्का राख्नुभएको छैन, त्यसमा हामीले विमती जनाएर हाम्रो दस्तावेजमा उल्लेख गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका