मेयर कप जिम्न्यास्टिक प्रतियोगिता हुने

भक्तपुर, ८ पौष । रामचन्द्र प्रजापति । आउदो पौष १४ गते शनिबार थिमी दुई पोखरीमा प्रथम मेयर कप जिम्न्यास्टिकक प्रतियोगिता हुने भएको छ ।

ओस्ला नेपालले आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा जानकारी गराएको हो । मध्यपुर थिमीमा एउटा छुट्टै पहिचान रहेको सामजिक संस्थाको २०५५ सालमा स्थपित संस्था हो । युवा लक्षित नेपाली परम्परा , कला, संस्कृति, भाषा, शिक्षा, स्वास्थ खेलकुद सम्बधी क्रियाकलाप गर्दै आएको संस्था हो ।

प्रमुख अतिथी मध्यपुर थिमी नगरपालिकाका मेयर श्रेष्ठले कुनै पनि खेल खेल्न शरीरको विभिन्न अंग अंग चल्नु पर्ने हुन्छ त्यस मध्य जिम्न्यास्टिक खेल अझ महत्त्वपूर्ण रहेको बताउनुभयो ।

यस आर्थिक बर्षमा मध्यपुर थिमी नगरपालिकाले भलिवल, फुटबल लगाएत विभिन्न खेलको लागि खेलकुदमा ५ करोड बजेट व्यवस्था गरेको छ । यस जिम्न्यास्टिक खेल प्रतियोगिताको लागि नगरपालिकाले तीन लाख पच्चीस हजार खर्चको व्यवस्था गर्ने बताइएको छ ।

भक्तपुर जिल्लाका सामुदायीक तथा निजि विद्यालयका करिव २० वटा विद्यालयका ८० जना विद्यार्थीहरुले सहभागिता रहने छ । प्रतियोगितामा कक्षा १ देखि कक्षा ५ सम्मका नोविस ब्वाइज र गर्लसबिच र कक्षा ६ देखि कक्षा १० सम्मका व्वाइज र गर्लस गरि दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा हुनेछ ।

एउटा विद्यालयवाट निविस व्वाइज र व्वाइज, नोविस गर्ल्स र गर्लस गरि जम्मा १० जनाको सहभागी हुने सक्ने प्रतियोगिता चार भागमा विभजन गरि प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमश पाँच हजार तीन हजार र दुई हजार नगद पुरस्कार मेडल र प्रमाणपत्र दिने पत्रकार सम्मेलनमा जिम्न्यास्टिक प्रतियोगिता कार्यक्रम संयोजक राष्ट्रिय जिम्न्यास्टिक खेलाडी राष्ट्रिय रेफ्री विजेन्द्र श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा