इन्डोनेसियामा सुनामी : ४३ को मृत्यु, सयौं घाइते

एजेन्सी, ८ पौष । इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीमा परी कम्तीमा ४३ जनाको ज्यान गएको छ भने ५८४ जना घाइते भएका छन् ।

इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीमा परि भने केही मानिसहरु हराइरहेका छन् । हराइरहेका तथा घाइतेको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान त्यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको छ ।

त्यस्तै सुनामीकै कारण सयौं घरहरु भत्किएका छन् । सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्‍याएको सरकारी अधिकारीहरुले बताएका छन् । क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा