काठमाडौँ, ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अतिवादलाई लिएर राजनीति गरे दुभाग्य हुने चेतावनी दिनुभएको छ ।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रममा काग्रेस भित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार मध्ये एउटा खम्बालाई कमजोर पार्नुभयो भने घर ढल्न सक्छ । तपाईहरुले घर ढालेर अहिले तुरुन्तै अर्को विकल्प सोचेको हो र ?
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले लामो संघर्ष र सबैभन्दा लोकतान्त्रिक विधिबाट संविधान बनाएको र त्यसको नेतृत्व कांग्रेस गरेको स्मरण गराउनुभयो ।





