कांग्रेसले अतिवादलाई लिएर राजनीति गरे दुर्भाग्य : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अतिवादलाई लिएर राजनीति गरे दुभाग्य हुने चेतावनी दिनुभएको छ ।

काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रममा काग्रेस भित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार मध्ये एउटा खम्बालाई कमजोर पार्नुभयो भने घर ढल्न सक्छ । तपाईहरुले घर ढालेर अहिले तुरुन्तै अर्को विकल्प सोचेको हो र ?

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले लामो संघर्ष र सबैभन्दा लोकतान्त्रिक विधिबाट संविधान बनाएको र त्यसको नेतृत्व कांग्रेस गरेको स्मरण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका