काठमाडौँ, ७ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंसिर २९ गतेदेखि शुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि सबै नेताहरुले आफ्नो धारणा राख्ने काम सम्पन्न भएसँगै अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भोली जवाफ दिने कार्यक्रम तय भएको छ ।
शनिबारको बैठकमा पाँच जना नेताले बोलेपछि नेताहरुको धारणा राख्ने क्रम सकिएको हो । आइतबार बस्ने बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले उठाएको जिज्ञासाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने नेकपाले जनाएको छ । बैठक आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
यस्तै शनिबारको बैठकमा दाङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेप्रति पनि श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।





