नेकपा बैठक : नेताले बोल्ने क्रम सकियो, भोलि अध्यक्षद्वयले जवाफ दिने

काठमाडौँ, ७ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंसिर २९ गतेदेखि शुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि सबै नेताहरुले आफ्नो धारणा राख्ने काम सम्पन्न भएसँगै अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भोली जवाफ दिने कार्यक्रम तय भएको छ ।

शनिबारको बैठकमा पाँच जना नेताले बोलेपछि नेताहरुको धारणा राख्ने क्रम सकिएको हो । आइतबार बस्ने बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले उठाएको जिज्ञासाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने नेकपाले जनाएको छ । बैठक आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

यस्तै शनिबारको बैठकमा दाङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेप्रति पनि श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका