फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं, ६ पौष । विश्व फुटबल बरीयतामा नेपाल एक स्थानमाथि आउदै १६१ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १६२ औं स्थानमा रहेको थियो । फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ ।

विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो स्थानमा रहंदा इंग्ल्यान्ड पाँचौ स्थानमा छन् । पोर्चुगल छैटौ, उरुग्वे सातौ, स्वीटजरल्यान्ड आठौ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छन् । दक्षिण एसियाका राष्ट्र भारत ९७ औं स्थानमा हुदा माल्दिभ्सभने १५२ औं स्थानमा रहेको छ ।

त्यस्तै, भुटान १८६ औं स्थानमा, बंगलादेश १९२ औं स्थानमा रहँदा पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय