औद्योगिक केरिडोरलाई उद्योग हव, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

विराटनगर, ६ पौष । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउँदै विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने उद्घोष गर्नुभएको छ ।

शुक्रवार मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी वर्तमान समयमा अनिवार्य भएको बताउनुभयो । उहाँले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाइ हुने भन्दै विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन कार्य प्रारम्भ भइसकेको जानकारी गराउनुभयो ।

उहाँले विकसित र परिस्कृत प्रदेश बनाउन कृषि, पर्यटन र उद्योगको क्षेत्रमा थप प्रेरणा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । उहाँले व्यापार र उद्योगलाई बढावा दिने विराटनगर किमाथाङ सडकको २३ किमी ट्र्याक खोल्न मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका