मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई हरायो

काठमाडौं, ६ पौष । पल्सर ए डिभिजन लिगको आज १० औं चरणमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई हराएको छ ।

आज शुक्रबार भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ४–२ गोलले हराएको हो ।

मछिन्द्रका सञ्जय राजबहाकले सरस्वतीका रमेश तामाङले हानेको बल क्लियर गर्न खोज्दा गोल भएको थियो । त्यसको १२  औं मिनेट नबित्दै मछिन्द्रले बराबरी गोल गर्यो । मछिन्द्रका लागि कप्तान विशाल राईले गोल गरे ।

खेलको २० औं मिनेटमा बसाडिया डाईमन्डीले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । त्यसको पाँच मिनेटमै अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–१ को अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फ्रान्सीस ओएमाले गोल गर्दै  सरस्वतीले मछिन्द्रलाई दवाव दियो ।

दोस्रो हाफमा सरस्वतीले राम्रा मौकाहरु सिर्जना गरेको थियो । तर गोल गर्न भने असफल रह्यो ।  थपिएको ५ मिनेटको  इन्जुरी  समयको पहिलो मिनेटमैे मछिन्द्रले  ४–२ गोलको अन्तर बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय