आस्था, विश्वास र पहिचानका लागि शान्तिपूर्ण जनसंघर्षको अभियान : अध्यक्ष थापा

कास्की, ६ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको आस्था, विश्वास र पहिचानका लागि आगामी फागुन ७ गतेदेखि देशव्यापी शान्तिपूर्ण जनसंघर्षको अभियान शुरु गर्ने उद्घोष गर्नुभएको छ ।

मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष थापाले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई राष्ट्र र राष्ट्रियताको पक्षमा हुने बताउनुभयो ।

हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताउनुभएको छ ।

मुलुकको सामाजिक, साँस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दूराष्ट्रका पक्षमा झुकाव बढेको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरेमा सहकार्य गरेर अगडि बढ्न सकिनेमा जोड दिनुभयो । अध्यक्ष थापाले सङ्घर्षले सशक्त जनमत एवं जन दबाव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ

काठमाडौँ, २० साउन । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा