अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

एजेन्सी, ६ पुस । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएको जनाएको छ । बीबीसीका अनुसार म्याटिसले बुझाएको राजीनामा पत्रमा विचार मिल्ने क्षमतावान व्यक्तिलाई रक्षा मन्त्री बनाउने अधिकार राष्ट्रपतिसँग रहेको उल्लेख गरेको जनाएको छ ।

म्याटिस सिरियामा तैनाथ करिब २ हजार सैनिकलाई फर्काउन नहुने पक्षमा थिए । तर, ट्रम्पले त्यहाँ आईएस परास्त भएको भन्दै सैनिक फिर्ता थाल्ने घोषणा गरेका थिए ।

ट्रम्पले बिहीबार म्याटिसले राजीनामा दिएको सार्वजनिक गर्दै फेब्रुअरीको अन्त्यबाट त्यो लागू हुने बताएका छन् । ट्रम्पले ट्वीटरमार्फत् उनलाई धन्यवाद दिदै भनेका छन। ‘मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न गरेको सहयोगप्रति म धन्यवाद दिन चाहन्छु ।’

म्याटिसले ट्रम्पले प्रशासन सुरु भएदेखि नै रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा