राष्ट्र बैंकको चेतावनीपछि बैंकले ब्याजदर घटाउने

काठमाडौं, ५ पौष । राष्ट्र बैंकको चेतावनीपछि सबै बैंकले ब्याजदर घटाउने भएको छ ।

बिहीबार बालुवाटारमै बोलाएर वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएको छ ।

करिब २ घण्टा चलेको बैठकमा बोल्दै राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने, ‘ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखियो, मेरो नेतृत्वमा हिजोमात्रै अर्थमनत्रालयलाई एउटा प्रतिवेदन पनि बुझाएको छु ।’ ‘हामीले ब्याजदर नघटाए कडा रुपमा प्रस्तुत हुन्छौं भनेका छौं ।’

डेपुटी गभर्नर श्रेष्ठका अनुसार राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत पुर्‍याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ