सर्वोच्च वार र प्रत्यायोजित विधायन समितिबिच छलफल

काठमाडौँ, ४ पौष । सर्वोच्च अदालत वार एशोसिएशन र राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिबिच आपसि सहकार्य गर्ने सम्वन्धमा हालै छलफल सम्पन्न भएको छ ।

सर्वोच्च अदालत वार एशोसिएशनका कार्यवाहक अध्यक्ष तथा सर्वोच्च अदालत वार एशोििएशनद्वारा हालै निर्मित प्रत्यायोजित विधायन समितिका संयोजक समेत रहनुभएका अधिवक्ता राजु खडकाको नेतृत्वमा गएको सर्वोच्च अदालत वारको टोलिले राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिका सभापति माननीय राम नारायण बिडारीसंग शिंहदरवारस्थित माननीय बिडारीकै कार्यकक्षमा भेट गरि सहकार्य गरेर जाने सम्वन्धमा उक्त छलफल भएको जनाइएको छ ।

उक्त छलफलका क्रममा माननीय बिडारीले आफ्नो कार्यक्षेत्र अन्तरगत पर्ने विषयहरूमा सर्वोच्च अदालत वारको सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो भने सो को जवाफमा सर्वोच्च वारको तर्फबाट टोलिका नेता कार्यवाहक अध्यक्ष खडकाले दुई समितिबीच आपसी संझौता गरि सहकार्य गर्न सकिने कुरा बताउनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।