शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न समितिले अनुगमनलाई तिव्रता दिने

काठमाडौँ, ३ पौष । प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले देशभर रहेका शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यालाई समाधान गर्न तत्कालै अनुगमनलाई तिव्रता दिने भएको छ ।

आज समितिको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले सात वटै प्रदेशमा सम्बन्धीत निकाय तथा प्रशासन कार्यालयलाई संयुक्त रुपमा छलफल गर्दै समस्या समाधान गर्ने विकल्पको खोजी गर्ने भएको हो ।

त्यस्तै समितिले देशका मुख्य मुख्य क्षेत्रका अस्पतालहरुमा निरिक्षण तथा अनुगमन गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने स्रोत तथा साधनहरु भए नभएको मूल्याङ्कन गरि अघि बढ्ने समेत निर्णय गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा उक्त समितिका सदस्य मनकुमारी जिसीले समतिले सात वटै प्रदेशको छलफलबाट आएको निश्कर्षलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक निर्देशानात्मक रुपमा अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै समितिका सदस्य खगराज अधिकारीले दिनानुदिन सांसदमाथि मिडियाले चरणवद्ध रुपमा गरको आक्रमणप्रति आपत्ति व्यक्त गर्नुभयो । उहाँले जनताबाट आएको गुनासोलाई तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

समितिले आगामी दिनमा समितिको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउन खगराज अधिकारीको संयोजकत्वमा सात सदस्यिय उपसमिति समेत गठन गरेको छ । सदस्यहरुमा उमाकान्त चौधरी, मन कुमारी जिसी, गगन कुमार थापा, भैरब बहादुर सिंह, नमिता कुमारी चौधरी र हितबहादुर तामाङ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका