नेइए निर्वाचन : प्रगतिशील समूह अत्याधिक मतका साथ विजयी

काठमाडौं, ३ पौष । नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् ।

यहाँ सोमबार सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य विजयी हुनुभएको छ । ल्याउनुभयो । यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार ६११ मत प्राप्त गर्नुभयो ।

महासचिवमा छविराज पोखरेल विजयी हुनुभएको छ । पोखरेलले चार हजार ८४५ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गर्नुभयो । यसैगरी उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४१० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गर्नुभयो ।

सहकोषाध्यक्षमा प्रगतिशीलकै चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिनुभयो । सदस्यमा प्रगतिशील समूहका चार सदस्य विजयी हुनुभयो । उहाँहरुमा छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा हुनुहुन्छ ।

यस्तै लोकतान्त्रिक समूहका अनिल मानन्धर, ज्योतिमणि भट्टराई, सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, एभरेष्ट केसी, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका