काठमाडौं, ३ पुस । भारतको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ मुम्बईको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी भएको हो । घाइते र मृतकमध्ये धेरैजसो विरामी र अस्पतालका कर्मचारीहरु रहेको जनाएका छन ।
भारतीय सञ्चार माध्यमका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् । १४७ जनालाई भने उद्धार गरिएको छ भने उद्धारकार्य जारी रहेको बेला एक जनाको सिँढीमा लडेर र अन्य पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएका छन् ।
स्वास्थ्यमन्त्री दीपक सावन्तले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।






