एनएमबी बैंकद्वारा बिना धितो ऋण दिने

काठमाडौं, २ पौष । एनएमबी बैंकले ३ लाखदेखि १५ लाख रुपैयाँसम्म बिन धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबी सहुलियतपूर्ण कर्जा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार बैंकले कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ ।

त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ