एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले विराटनरलाई हरायो

काठमाडौं, २ पौष  । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ ।

कीर्तिपुर क्रिकेट मेदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भयो । लिगको अन्तिम खेलमा विराटनगर काठमाडौंसँग ५ विकेटले पराजित भयो ।

त्यसपछि कप्तान पारस खड्का पनि २१ रनमा आउट हुन पुगे । विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन साहु र विक्रम भुषालले दुई–दुई विकेट लिए ।

जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । २४ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडाैंका रोहन मुस्तफाले खाता खोल्न सकेनन् भने सागर पुन पनि १० रनमा आउट भए ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं तथा इलिमिनेटर राउण्डमा भैरहवा र चितवन खेल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ प्रतिशत बढेको छ ।

काठमाडौँ, ८ असार ।पशुबलि प्रथाको अन्त्य, जीवप्रतिको करुणा र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले स्नेहा’स केयर र इन्टरफेथ पिस फेडरेशन