अनसनरत शेयर लगानीकर्तालाई कांग्रेसको समर्थन

काठमाडौं, २ पौष । अनसनरत शेयर लगानीकर्ताले उठाएको पुँजी बजार सुधारको मागलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।

सोमबारदेखि नेपाल स्टक एक्सेन्ज कार्यालय अगाडी अनसन बसेका शेयर लगानीकर्ता स्थलमै पुगेर प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको संस्थागत समर्थन रहेको बताएका हुन् ।

उनले भने, ‘तपाईहरुको माग प्रति नेपाली कांग्रेसले पूर्ण समर्थन जनाएको छ, मागलाई सरकारले पूरा गर्नुपर्छ ।’ सरकारले पुँजी बजारलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउनुपर्ने बताउँदै उनले अर्थमन्त्रीले पुँजी बजारलाई अनुत्पादक क्षेत्र भन्न नसुहाउने बताए । उनले भने, ‘बजारको सूचक ओरालो लाग्दा अर्थतन्त्र पनि ओरालो लाग्छ, त्यसैले पुँजी बजार अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।