ग्रामरमा तेस्रो फिजम कप बास्केट बल शुरु

काठमाडौँ, २ पौष । ग्रामर पब्लिक स्कूलको सहयोगमा तेस्रो फिजम कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि ग्रामर पब्लिक स्कूल कोटेश्वरमा शुरु भएको छ ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको आइतबार सम्पन्न उद्घाटन खेलमा डिफेण्डिंग च्याम्पियन ग्रामर पब्लिक स्कूल टीम र न्यू भिजन टीमले विजयी शुरुवात गरे । सिनीयर ब्वाइज तर्फको खेलमा ग्रामरका खेलाडीले नेपाल तारालाई १३—८ हराएको थियो भने न्यू भिजनले जेनियमलाई १६—१४ ले पाखा लगाएको थियो ।

काठमाडौं महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीले उद्घाटन गरे । फिजमका उपाध्यक्ष एवम् भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृतकुमार खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्तममा ग्रामर पब्लिक स्कूलका संस्थापक प्रिन्सिपल राजकुमार राई तथा फिजमको सहसचिव तथा अतिरिक्त कृयाकलाप विभाग प्रमुख सुनिल केसीले तेस्रो फिजम कप बास्केटबल प्रतियोगिताबारे प्रकाश पारेका थिए ।

सो प्रतियोगितामा फिजमका २८ वटा सदस्य विद्यालयले भाग लिएका छन भने प्रतियेगिता शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि