तीन लाख अस्लिन अनलाइन साइट बन्द गर्छौं : मन्त्री बास्कोटा

काभ्रे, १ पौष । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख अस्लिन अनलाईन साइट बन्द गर्ने बताउनुभएको छ ।

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिएको बताउनभयो । उहाँले भन्नुभयो, ‘नेपाली समाजमा विकृति, भित्र्याउने साधन बनेका छन्, नेट इन्टरनेट यसलाई सदुपयोग भन्दा पनि दुरुपयोग डरलाग्दो बन्दै छ, त्यसकारण हामी समाजलाई नकारात्मक सन्देश दिने, नेपाली समाजलाई मन नपर्ने साइट बन्द हुन्छन् ।’

मन्त्री बास्कोटाले नेपाल टेलिकमले व्यापार मात्रै नभई जनता जहाँ छन्, ती सबै ठाउँमा सेवा दिनुपर्ने बताउनुभयो । उहाँले देशभर एक वर्षभित्र टेलिकमले भिन्न तरिकाले सेवा प्रदान गर्ने, फोरजी सेवाको विकास गर्दै जनतालाई सञ्चारको दुनियाबाट टाढा हुन नदिने उद्घोष गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० साउन । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ । इरानसमर्थित हुथी

काठमाडौँ, १९ साउन । बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको मृत्यु भएको छ । यसले विपन्न परिवारहरूमा गम्भीर

एजेन्सी, १९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा लगाएको नयाँ दोहोरो अंकको महसुलविरुद्ध २५

एजेन्सी, १८ साउन । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा २ सय ५० जनाभन्दा धेरै यात्रु चढेको जहाजमा आगलागी भएको