काठमाडौँ, १ पौष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सरकारको रचनात्मक प्रतिपक्षिको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पत्रकारले कुनै राजनीतिक दल विशेष नभई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गरी जनतालाई सूचनाको हकको अधिकारलाई स्थापीत गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले कुनै व्यक्तिगत स्वार्थभन्दा पनि पत्रकारीताको मर्मलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिदै सत्यलाई सत्य र असत्यलाई असत्य समाचार लेख्न आग्रह गर्नु भएको छ ।
सभामुख महराले पत्रकारहरुमाथि सधैं राजनैतिक प्रतिपक्ष दलको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गर्नु भयो ।
सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।






