करियर स्कूलले जित्यो लगातार ३ पटक फेका कप

काठमाडौं, १ पौष । पेप्सीकोला टाउनप्लानिंग स्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कूल) ले १३ औं फेका कप छात्र फुटबल प्रतियोगिता जितेर नयाँ रेकर्ड कायम गरेको छ ।

डिफेण्डिग च्याम्पियन करियर स्कूलले यसअघि सञ्चालित ११ औंं र १२ औं फेका कप पनि जितेको थियो । फेका कपको १३ वर्षे इतिहासमा लगातार ३ वर्षसम्म फेका कप जित्ने करियर स्कूल नै पहिलो स्कुल हो ।

फेयर एजुकेटर कम्पिटिटर्स एशोसियसन (फेका) पेप्सीकोला टाउनप्लानिंगको खेलमैदानमा आयोजना गरेको प्रतियोगिताका सहभागी २५ वटा विद्यालयलाई पछि पार्दै करियर स्कूलले लगातार तेस्रो पटक फेका कप जितेको हो ।

शनिबार अपरान्ह टाउनप्लानिंग खेलमैदानमा आयोजित फाइनल खेलमा कौस्तुभ स्कूललाई ५—४ ले हराएर करियरले तेस्रोपटक फेका कप उचालेको हो । त्यसअघि सेमीफाइनलको टाईब्रेकरमा गोठाटार स्कूललाई ८—७ ले हराएर करियर स्कूल फाइनलमा प्रवेश गरेको थियो ।

करियरका गोलरक्षक अविशेक घोडासैनीले फाइनल खेलको टाईब्रेकरमा कौस्तुभका खेलाडीले हानेको पहिलो बललाई गोल हुनबाट बचाएका थिए, जसका कारण करियरले कौस्तुभलाई ५—४ ले हराउन सफल भएको थियो ।

नगद २० हजार रुपैयाँ, ट्रफि र पदक सहितको १३ औं फेका कपसहित करियरका सुजन भट्टराई उत्कृष्ट खेलाडी र सविन खड्का उत्कृष्ट प्रशिक्षकको रुपमा पुरस्कृत भए । उनीहरुलाई प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नगद, कप, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

१३ औं फेका कप उचालेपछि करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कूल) का संस्थापक अध्यक्ष तेज श्रेष्ठले खुसी व्यक्त गर्दै पढाईको साथै राम्रा फुटबल खेलाडी उत्पादन गर्नु विद्यालयको उदेश्य रहेको बताउनुभयो ।

‘विद्यालयले पढाइका साथै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त कृयाकलापमा पनि बराबर सहभागी गराउँदै आएको पछिल्लो उदाहरण लगातार ३ पटक फेका कप फुटबल जितेर इतिहास कायम गर्नु नै हो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

आफ्ना विद्यार्थीहरुले लगातार तेस्रो पटक फेका कप फुटबल जितेको खुसीयाली मनाउन आइतबार विद्यालय विदा गरिएको विद्यालयका एकेडेमिक कोअर्डिनेटर दिपेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि