‘सफाई अभियान’ विकास र समृद्धिमा अवरोध पुर्याए कारबाही : सांसद बस्नेत

भक्तपुर, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिमा अवरोध पुर्याए कारबाही गरिने बताउनु भएको छ ।

हनुमन्ते नदी सफाइ अभियानको ४२आँै हप्ता तथा अरनिको राजमार्ग एक महीने सफाइ अभियानको आज २४औँ दिनका क्रममा बोल्दै सांसद बस्नेतले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले अरनिको राजमार्ग क्षेत्र दायाँलगायत हनुमन्ते नदी आसपासका क्षेत्र र नगरभित्रको बासिन्दालाई फोहर सङ्कलन गर्न जनशक्ति परिचालन गर्दै सदस्यता बनाउने कार्य अगाडि बढाएको बताउँदै सदस्यता लिएर फोहर लिन आउने गाडीमा फोहर पठाउन आग्रह गर्नुभयो ।

उहाँले फोहर फाल्नका लागि नगरपालिकाले विकल्प दिएको बताउँदै विकल्पको अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने बताउनुभयो । सांसद बस्नेतले नगरपालिकाले दिएको विकल्पको बेवास्ता गर्दै राजमार्ग र हनुमन्ते क्षेत्रमा फोहर फालेमा रु ५०० देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्मको कैद वा दुवै सजाय हुने गरी कारवाही गरिने बताउनुभयो ।

उहाँले भक्तपुरलाई सफा, उज्यालो, सुरक्षित, प्रदूषणरहित बनाउने लक्ष्यका साथ शुरु भएको सफाइ अभियान नरोकिने बताउँदै भक्तपुरको विकास र समृद्धिमा अवरोध पु¥याउँदै फोहर गर्नेलाई कारवाही गरिने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले चुनदेवीदेखि पाण्डुबजारसम्म र मध्यपुरथिमि नगरपालिकाले एसएस चोकबाट शङ्खधर चोकसम्म भएको सफाइ गरिएको हो । सफाई अभियानबाट आज करिव १३ टन फोहोर संकलन गरिएको छ ।

अभियानमा सांसद बस्नेतसँगै संयोजकमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको करिव ४५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्