एजेन्सी, २९ मङ्सिर । श्रीलङ्काका महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् ।
वक्तव्यमा उहाँले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफुहरूको मुख्य मुद्दा हुने उहाँको भनाइ छ ।
उहाँलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।






