पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे महामन्त्री महतले पार्टीको बृहत् हितमा ओहदाभन्दा कामलाई प्राथमिकता दिनुपर्ने भन्दै पार्टी नेतृत्व तथा पदाधिकारीले आफ्नो पदिय हैसित भुल्नु नुहेन बताउनुभयो ।

उहाँले महासमिति बैठक नीति निर्माण तथा भावी रणनीति तयार गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा पराजयको कारणको खोजी पनि महासमितिमा गरिनुपर्ने उहाँको तर्क थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जाडोको अवस्थामा रुखका पातहरु सुक्ने तर वृक्ष बाँचिरहने हुन्छ, पात झर्दै गर्दा उसले सँगै आउँदो वसन्त ऋतुमा हराभरा हुने तरंग दिने गर्दछ । सोहि अनुसार आगामी दिनमा यसैलाई बुझेर कांग्रेसले बीपीका सिद्धान्त र मान्यतालाई अघि बढाउँदै लैजानु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्