अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत : ऐतिहासिक अभिभार पुरा गर्नुपर्नेमा जोड

काठमाडौं, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली तथा पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेद पेश गर्दै सवै नेता तथा कार्यकर्ताहरु एक ढिक्का भई ऐतिहासिक अभिभारा पुरा गनुपर्नेमा जोड दिइएको छ ।

आजबाट सुरु भएको बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रचण्डले सो २२ पेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उक्त प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

बैठकको अध्यक्षता गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीका सामुन्ने ऐतिहासिक अवसरहरु प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभुतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउदै ऐतिहासिक अभिभाराहरु पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

बैठकले हालै नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटना, पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

आजको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरी छलफल गर्न अर्को बैठक यही २०७५ पुस २ गते सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।