काठमाडौं महानगरपालिका सांस्कृतिक तथा पुरातात्विक धरोहर : उपप्रम पोखरेल

काठमाडौँ, २९ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौं महानगरपालिका सांस्कृति, पुरातात्विक धरोहर भएको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै पोखरेलले काठमाडौं महानगरपालिका तथा देशका अन्य जुनसुकै ठाउँमा रहेका सांस्कृतिक धरोहरहरु आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले देशमा रहेका सवै धरोहरहरुलाई जगेर्ना गर्नु अहिलेको अपरिहार्यता रहेको बताउनुभयो ।

देशलाई विकसित गर्न विभिन्न प्रकारका सास्कृतिक, पर्यटकिय स्थलहरुले देशको आर्थिक वृद्धिदरलाई उच्च बनाउन सफल हुने दावि समेत गनुृभयो । उहाँले अवको सरकारको लक्ष्य भनेको नै विकास भएकाले तीन तहको सरकार एकढिक्का भई लाग्ुनको कुनै विकल्प नभएको बताउनुभयो ।

उहाँले देशमा रहेका विभिन्न प्रकारका सास्कृतिक धरोहरहरु निर्माण गर्न स्थानीय सरकारले सम्भव नभएमा संघिय सरकारले गर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी मुलुकको पुनर्संरचना गरेर तीन तहको सरकार बनाएका छौँ । त्यसकारण हामी यसको तोकिएको जिम्मेवारी अनुसार अगाडि बढ्नुपर्छ, स्थानीय तहलाई केन्द्र र प्रदेशले नीतिमा, कार्ययोजनामा सहयोग गर्छ तर आफूले गर्ने कुरामा आफैंले गर्नुपर्छ।’

त्यस्तै उहाँले अहिले बिग्रेभत्केका सबै काममा महानगरलाई दोष लगाउने काम भइरहेको बताउँदै महानगरले गर्दा मात्रै समस्या नभएको बताउनभुयो । सवै काम महानगरले मात्र गर्न नसक्ने भन्दै उहाँले ती कामहरु केही संघले र केही प्रदेशले गर्नुपर्नेसमेत बताउनुभयो ।

उहाँले आगामी संसदको हिउँदे अधिवेशनमा कानुन बनाएर वित्तीय मामिलामा देखिएका अहिलेको अलमललाई समाधान गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड

काठमाडौँ, १९ साउन । काठमाडौँका छुट्टाछुट्टै दुई स्थानबाट करिब २१ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका

काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनाव हुँदा राज्यले सोझै गोली चलाउने प्रवृत्तिको

काठमाडौँ, १९ साउन । नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ ।