सांसद लामाको बेलायत भ्रमण : सवै नेपाली एकढिक्का हुनेपर्नेमा जोड

बेलायत, २८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले बेलायत भ्रमणको क्रममा विदेशमा रहनुभएका सवै नेपालीहरुलाई एकक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

तामाङ समाज, बेलायतले लण्डनमा केही दिन अघि गरेको स्वागत कार्यक्रममा बोल्दै सांसद लामाले विभिन्न पेशा वा व्यवसायका क्रममा बेलायतमा रहनुभएका सवै नेपालीहरुले नेपालको विकास र समृद्धिमा काँधमा काँध मिलाई नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन लाग्नुपर्ने बताउनुभयो । वर्तमान सरकारको एउटैमात्र लक्ष्य विकास र समृद्धि रहेको भन्दै नेपालमा नै रोजगारीको वातावरण सिर्जना गर्न सरकार अहोरात्र लागि परेको बताउँदै अब निकट भविष्यमा नै नेपालमा नै रोजगारीको व्यवस्था हुने बताउनुभयो । आगामी दिनमा नेपालीको पसिनाले अन्य मुलुकलाई विकासित भएको भन्दै सांसद लामाले विदेशमा नेपालीले लिएको सिप तथा क्षमताको आधारमा निकट भविष्यमा नै रोजगारीको ग्यारेन्टी गर्ने दावि गर्नुभयो ।

समाजले गरेको स्वागतलाई आभार प्रकट गर्दै नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृति, बहुपरम्परा तथा बहुधार्मिकता भएको देश बताउँदै कुनै जातीय भन्दा पनि नेपालीको पहिचान महत्वपूर्ण भएको बताउनुभयो । विश्वभर फैलिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको तामाङ समुदायलाई विशेष धन्यवाद प्रकट गर्दै सांसद लामाले बुद्धको देश र बुद्धले दिएको उपदेश विश्वको मार्गदर्शक भएको बताउनुभयो । बुद्धको उपदेशलाई प्रभावकारी ढंगले परिचालन गर्न तामाङ समुदायको मुख्य भूमिका रहेको बताउँदै उहाँले तामाङ समुदाय कुनै राजनैतिक दल विशेष नभई समग्र समाजको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

बेलायत भ्रमणमा पति प्रबिण श्रेष्ठ सहित रहेका लामालाई लण्डनमा रही बिभिन्न पेशा, ब्यबसाय गरिरहेका तामाङहरुको सामाजिक संस्थाको रुपमा रहेको समाज लण्डनमा सामाजिक कार्यहरुमा क्रियाशिल छ । स्वागत कार्यक्रममा समाजका अध्यक्ष कुमार लामा स्याङ्तान लगायतले खादा तथा मालाद्वारा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ हजार रुपैयाँले

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी

काठमाडाैँ, २१ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे

काठमाडौँ, २० साउन ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।