राजनीतिक प्रस्ताव र विधान संशोधनमाथि चर्को वहस : उद्घाटन कार्यक्रम प्रभावित हुनसक्ने

काठमाडौं , २८ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठकमा राजनीतिक प्रस्ताव तथा विधान संशोधनमाथि चर्को बहस भइरहेका कारण भोली उद्घाटन हुने कार्यक्रम प्रभावित हुनसक्ने देखिएको छ ।

अपरान्ह २ बजेदेखि सहभागीको नाम दर्ता गर्ने भनिएता पनि ५ वटा प्रदेशका प्रतिनिधिको नाम मात्र दर्ता भएको छ । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ को प्रतिनिधिको नाम दर्ता भने आज हुन सकेन ।

जारी केन्द्रीय कार्य समिति वैठकमा राजनीतिक प्रस्ताव माथिको छलफल नटुंगिएकोले र विधान संशोधनमाथिको छलफल जारी रहेकोले सहभागीको नाम दर्ता प्रक्रियामा विलम्ब भएको बताइएको छ ।

महासमिति वैठकको उद्घाटन भोलि शनिबार ११ बजे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा हुने तय भए पनि मुल मुद्दामा सहमति भइनसकेकोले उद्घाटन कार्यक्रम प्रभावित हुन सक्ने अवस्था देखिएको छ । समतिको बैठक पुष ३ गते सम्पन्न हुनेछ । महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागी हुनेछन् ।

वैठकमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी अर्का महामन्त्री डा। शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्ने, उपसभापति विमलेन्द्र निधिले राजनीतिक दस्तावेज तथा सह–महामन्त्री डा। प्रकाशसरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।