राजनीतिक प्रस्ताव र विधान संशोधनमाथि चर्को वहस : उद्घाटन कार्यक्रम प्रभावित हुनसक्ने

काठमाडौं , २८ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठकमा राजनीतिक प्रस्ताव तथा विधान संशोधनमाथि चर्को बहस भइरहेका कारण भोली उद्घाटन हुने कार्यक्रम प्रभावित हुनसक्ने देखिएको छ ।

अपरान्ह २ बजेदेखि सहभागीको नाम दर्ता गर्ने भनिएता पनि ५ वटा प्रदेशका प्रतिनिधिको नाम मात्र दर्ता भएको छ । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ को प्रतिनिधिको नाम दर्ता भने आज हुन सकेन ।

जारी केन्द्रीय कार्य समिति वैठकमा राजनीतिक प्रस्ताव माथिको छलफल नटुंगिएकोले र विधान संशोधनमाथिको छलफल जारी रहेकोले सहभागीको नाम दर्ता प्रक्रियामा विलम्ब भएको बताइएको छ ।

महासमिति वैठकको उद्घाटन भोलि शनिबार ११ बजे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा हुने तय भए पनि मुल मुद्दामा सहमति भइनसकेकोले उद्घाटन कार्यक्रम प्रभावित हुन सक्ने अवस्था देखिएको छ । समतिको बैठक पुष ३ गते सम्पन्न हुनेछ । महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागी हुनेछन् ।

वैठकमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी अर्का महामन्त्री डा। शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्ने, उपसभापति विमलेन्द्र निधिले राजनीतिक दस्तावेज तथा सह–महामन्त्री डा। प्रकाशसरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी

काठमाडौँ, २१ साउन ।  सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन

काठमाडौँ, २० साउन । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार क्याप्टेनविहीन बनेको बताएका छन् । आज काठमाडौँमा आयोजित