नेकपाका अध्यक्ष र सचिव चयन

बाँके, २८ मंसिर ।  नेकपा प्रदेश  नम्बर ५ कमिटीले बाँकेका ८ वटा स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ ।

बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिस अनुसार अध्यक्ष र सचिव चयन गरेको प्रदेश कमिटीले जनाएका छन । पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले तीन तहमा नेतृत्व पाएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको अध्यक्षमा डिल्ली बराल र सचिवमा दत्तप्रसाद आचार्य

कोहलपुर नगरपालिकाको अध्यक्षमा वसन्ती अधिकारी र सचिवमा तुलाराज बिष्ट

खजुरा गाउँपालिकाको अध्यक्षमा राजकुमार बिक र सचिवमा यामबहादुर महतारा

जानकी गाउँपालिकाको अध्यक्षमा पदम धिताल र सचिवमा नारायण गिरी

राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा चामबहादुर घर्ती र सचिवमा मनोज केसी

डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील अहमद खान र सचिवमा भोला यादव

बैजनाथ गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर चौधरी र सचिवमा मिरा कार्की

नरैनापुर  गाउँपालिका कमिटीको अध्यक्षमा प्रमोद मिश्रा र सचिवमा मेराज खाँ चयन भएका छन् ।

अध्यक्ष र सचिव फरक–फरक पार्टीबाट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।