गण्डकी प्रदेशका सांसद घर्तीको निधन

काठमाडौँ, २७ मङ्सिर । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ ।

मंगलबार उपाचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा पुर्याइएका सांसद घर्तीको बिहीबार निधन भएको हो । राती १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको घर्तीकी श्रीमती सुनमया घर्तीले बताउनुभएको छ ।

४६ वर्षीय घर्ती बिगत केहि दिन देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको जनाएको छ । थापाको शव आज नै स्वदेश ल्याइंदैछ ।

प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भए पनि पछि नयाँ दिल्लीको अपोलो अस्पताल पुर्याइएको थियो । सांसद घर्ती बागलुङको क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उमेदवार बनी निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।