गण्डकी प्रदेशका सांसद घर्तीको निधन

काठमाडौँ, २७ मङ्सिर । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ ।

मंगलबार उपाचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा पुर्याइएका सांसद घर्तीको बिहीबार निधन भएको हो । राती १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको घर्तीकी श्रीमती सुनमया घर्तीले बताउनुभएको छ ।

४६ वर्षीय घर्ती बिगत केहि दिन देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको जनाएको छ । थापाको शव आज नै स्वदेश ल्याइंदैछ ।

प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भए पनि पछि नयाँ दिल्लीको अपोलो अस्पताल पुर्याइएको थियो । सांसद घर्ती बागलुङको क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उमेदवार बनी निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्