एजेंसी, २७ मंसिर । अविश्वासको प्रस्तावमाथिको मतदानमा ब्रिटिश प्रधानमन्त्री टरिजा मेलेले जित हासिल गरेकी छन्।
बीबीसीका अनुसार उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ।
संसदमा भएको मतदानमा उनको दलका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए पनि उनको विपक्षमा ११७ मत परेको थियो।
आफू विरुद्धको अविश्वासको मतमा विजय हासिल गर्ने वित्तिकै उनको कार्यालय रहेको टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन ईयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताउदै उनले भनिन, ‘अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ । एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ।’






