आइफोनलाई चीनमा प्रतिबन्ध

एजेन्सी, २६ मंसिर । क्वालकोम कम्पनी र एप्पलबीचको विवादका विषयमा फैसला गर्दै चिनियाँ अदालतले आइफोनका विभिन्न मोडेललाई चीनमा प्रतिबन्धित गरेको छ ।

विभिन्न मोडेलका आइफोनलाई चीनमा प्रतिबन्ध लगाउन चिनियाँ अदालतको आदेशविरुद्ध अमेरिकी कम्पनी एप्पलले अपिल गरेको छ ।

एप्पलको विज्ञप्ती अनुसार, ‘अवैध क्रियाकलापहरुका विषयमा विश्वभरका नियामक निकायहरुद्वारा छानविनमा रहेको क्वालकोमले हाम्रा प्रडक्टहरु प्रतिबन्ध लगाउनका लागि खेलेको भूमिका निन्दनीय छ ।’

क्वालकोम माइक्रो चिप निर्माता अमेरिकी कम्पनी हो । एप्पलले आइफोन सिक्स एस, आइफोन सिक्स एस प्लस, आइफोन सेभेन प्लस, आइफोन सेभेन, आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्समा आफ्ना दुईवटा पेटेन्ट चोरी गरेको भन्दै क्वालकोमले एप्पलविरुद्ध मुद्दा हालेको थियो ।

 क्वालकोमले यदि एप्पलले अदालतको आदेशको पालना नगरेमा ट्रिबुनल मार्फत कार्यान्वयन गराउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका

काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले

काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग