दर्ता नभएका अनलाइन बन्द : मन्त्री बाँस्कोटा

काठमाडौँ, २६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालको कानुन अनुसार दर्ता प्रकृयामा नभएका कुनै पनि अनलाईन मिडियाहरु बन्द गर्न निर्देशन दिनुभएको छ ।

सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा मन्त्री बाँस्कोटाले दर्ता नभएका अनलाईनहरुले नकरात्मक समाचार संम्प्रेषण गरी जनतामा भ्रम पैदा गर्ने गरेको भन्दै बन्द गर्ने वारेको सूचना जारी गर्न प्रेस काउन्सीललाई निर्देशन दिनुभएको छ ।

उहाँले नेपाल सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुन कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन अब कसैले गर्दैछ, हुँदैछ भन्ने शब्द प्रयोग गर्न नपाउने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता साइट तोकिएर आए पाँच मिनेटमा बन्द गर्न सकिने जनाएको छ ।

विषयगत कार्यालयबाट प्रस्तुत प्रथम चौमासिकको प्रगति अपेक्षाकृत नभएको जनाउँदै मन्त्री बाँस्कोटाले अब पनि योजनालाई दोष देखाएर पन्छिने अवस्था नरहेको स्पष्ट गर्नुभयो । प्रगति समीक्षा सन्तोषजनक नभएकामा कडा रुपमा प्रस्तुत हुँदै उहाँले दोस्रो चौमासिकको कार्ययोजना र स्रोेत व्यक्तिसहितको कार्ययोजना मन्त्रालयमा बुझाउन सात दिनको समयसीमा तोक्नुभएको छ ।

उहाँले पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ लागु गर्न सम्बद्ध निकायलाई निर्देशन दिँंदै जसरी भए पनि कार्यान्वयन गर्नैपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्