भक्तपुर युरो किड्सलाई एक्सिलेन्स एवार्ड

भक्तपुर, २६ मङ्सिर । अन्तर्राष्ट्रिस्तरको फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स (प्रि—स्कुल) इन्टरनेशनलले भक्तपुर युरो किड्स एजुकेशनल इन्स्टिच्युट प्रा.लिद्धारा सञ्चालित भक्तपुर युरो किड्स स्कुल सल्लाघारीलाई उत्कृष्ट पुरस्कार अर्थात एक्सिलेन्स एवार्ड प्रदान गरेको छ ।

स्थापनाको ३ वर्षको छोटो अवधिमा वालवालिकाको शारिरीक, मानसिक, वौद्धिकका साथै शैक्षिक र व्यवहारिक विकासमा विशिष्ट योगदान गर्दै नेपालमा युरो किड्सको प्रतिष्ठालाई उचाईमा पुर्याउन अतुलनीय योगदान गरेको भन्दै ‘उदाउँदो केन्द्र अर्थात इमर्जिंग सेन्टर’को रुपमा भक्तपुर युरो किड्सलाई उत्कृष्ट पुरस्कार दिइएको हो ।

म्ांगलबार साँझ राजधानीको अन्नपूर्ण होटेलमा आयोजित एक कार्यक्रममा युरो किड्स इन्टरनेशनलले भक्तपुर युरो किड्स स्कुललाई उत्कृष्ट पुरस्कार अर्थात एक्सिलेन्स एवार्ड प्रदान गरेको थियो ।

कार्यक्रममा युरो किड्स इन्टरनेशनलका सह—संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रजोध राजन तथा युरो किड्स प्रि—स्कूलका प्रमुख कार्यकारी अधिकृत गौरव ब्रोरले भक्तपुर युरो किड्स एजुकेशनल इन्स्टिच्युट प्रा.लि सञ्चालक समितिका अध्यक्ष सुनेत्र प्रधानांगलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

आफ्नो विद्यालयले एक्सिलेन्स एवार्ड पाएपछि बुधबार विद्यालयमा केक काटेर विजय उत्सव मनाएको छ । विद्यार्थीहरुलाई केक ख्वाएर खुसीयाली मनाइएको थियो भने भक्तपुर युरो किड्स एजुकेशनल इन्स्टिच्युट प्रा.लि सञ्चालक समितिका अध्यक्ष सुनेत्र प्रधानांग, प्रिन्सिपल ज्योति क्षेत्री तथा निवर्तमान प्रिन्सिपल विनु गोदार थापाले एवार्डको बारेमा प्रकाश पार्नुभएको थियो ।

भक्तपुर युरो किड्सका प्रवन्ध निर्देशक नवराज काफ्लेले यो पुरस्कार विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय परिवार सबैको सहकार्यबाट प्राप्त भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको