सामाजिक, सास्कृतिक, वातावरणीय तथा आर्थिक विकास नै समृद्धि : मन्त्री बस्नेत

काठमाडौँ, २६ मङ्सिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा संघियताको कार्यान्वयनसँगै सामाजिक, सास्कृतिक, वातावरणीय तथा आर्थिक विकास नै समृद्धिको आधार भएको बताउनुभएको छ ।

भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सिमाना साँगामा आज अरनिको राजमार्गको पहिलो चरणको अन्त्य तथा दोस्रो चरणको सफाई कार्यक्रमको क्रममा मन्त्री बस्नेतले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महीना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्ने बताउनुभयो ।

उहाँले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताउनुभयो । देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “उद्यानको यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सकिएलगत्तै उद्यान निर्माण शुरु हुन्छ, बजेट दिन अर्थमन्त्रालय सकारात्मक छ, तीन चरणमा निर्धारित समय मै सम्पन्न हुने प्राणी उद्यान निर्माण कार्यको पहिलो चरणको काम यहीवर्ष सम्पन्न हुन्छ ।”

त्यस्तै मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक र बनेपा नगरपालिकालाई फोहर संकलन गर्ने डस्टबिन वितरण गर्नुभयो ।

भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन गरिएको छ भने आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्