आगामी बजेटमार्फत बृद्धाभत्ता मासिक पाँच हजार : उपप्रम पोखरेल

रुकुम पूर्व, २५ मङ्सिर । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले आगामी बजेट मार्फत बृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने उद्घोष गर्नुभएको छ ।

नेपालको कान्छो जिल्ला रुकुम पूर्वको रुकुमकोटमा रुकुम पूर्वमा रहेको चेम्बर अफ कमर्सले गरेको पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै रक्षा मन्त्री पोखरेलले मन्त्री पोखरेलले सरकारलाई कमजोर बनाउन विभिन्न तानाबाना बुनिरहेको भन्दै नागरिकको विश्वासको जगमा सरकार भएकोले शंका नगर्न अनुरोध गर्नुभयो ।

मध्यपहाडी राजमार्गको आधार रुकुम भएको भन्दै उहाँले एकीकृत योजनामार्फत रुकुम पूर्वको विकासको कार्ययोजना बनाइने जनाउनुभयो ।

नागरिकको फैसला बिनाका अन्य निर्णय मान्य नहुने भन्दै उहाँले रुकुम पूर्व दुर्गम जिल्ला भएता पनि सेवा सुविधाबाट बञ्चित भएकोले आफूले पहल गरेर सुविधा प्रदान गर्ने जनाउनुभयो । उहाँले रुकुम पूर्वको सदरमुकामबारेको विवाद अदालतसम्म पुगेको र त्यसबारे आफूले थप केही बोल्न नचाहेको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्