आगामी बजेटमार्फत बृद्धाभत्ता मासिक पाँच हजार : उपप्रम पोखरेल

रुकुम पूर्व, २५ मङ्सिर । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले आगामी बजेट मार्फत बृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने उद्घोष गर्नुभएको छ ।

नेपालको कान्छो जिल्ला रुकुम पूर्वको रुकुमकोटमा रुकुम पूर्वमा रहेको चेम्बर अफ कमर्सले गरेको पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्दै रक्षा मन्त्री पोखरेलले मन्त्री पोखरेलले सरकारलाई कमजोर बनाउन विभिन्न तानाबाना बुनिरहेको भन्दै नागरिकको विश्वासको जगमा सरकार भएकोले शंका नगर्न अनुरोध गर्नुभयो ।

मध्यपहाडी राजमार्गको आधार रुकुम भएको भन्दै उहाँले एकीकृत योजनामार्फत रुकुम पूर्वको विकासको कार्ययोजना बनाइने जनाउनुभयो ।

नागरिकको फैसला बिनाका अन्य निर्णय मान्य नहुने भन्दै उहाँले रुकुम पूर्व दुर्गम जिल्ला भएता पनि सेवा सुविधाबाट बञ्चित भएकोले आफूले पहल गरेर सुविधा प्रदान गर्ने जनाउनुभयो । उहाँले रुकुम पूर्वको सदरमुकामबारेको विवाद अदालतसम्म पुगेको र त्यसबारे आफूले थप केही बोल्न नचाहेको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार