आगामी २९ गते जिल्ला एवं भातृ संगठनको नेतृत्व चयन हुन्छ : अध्यक्ष प्रचण्ड

पोखरा,२५ मङसिर । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी मङ्सिर २९ गतेको स्थायी समितिको बैठकले जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार देश र जनतामा समर्पित रहेको भन्दै आफ्नो चुनावी घोषणा पत्र अनुसार नै सरकारले कार्य अघि बढाएको र बाँकी केही योजना आगामी बर्षदेखि कार्यान्वयनमा ल्याउने समेत बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उल्लेख गर्नुभयो । सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उहाँले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार