आगामी २९ गते जिल्ला एवं भातृ संगठनको नेतृत्व चयन हुन्छ : अध्यक्ष प्रचण्ड

पोखरा,२५ मङसिर । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी मङ्सिर २९ गतेको स्थायी समितिको बैठकले जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार देश र जनतामा समर्पित रहेको भन्दै आफ्नो चुनावी घोषणा पत्र अनुसार नै सरकारले कार्य अघि बढाएको र बाँकी केही योजना आगामी बर्षदेखि कार्यान्वयनमा ल्याउने समेत बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उल्लेख गर्नुभयो । सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उहाँले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्