भक्तपुरमा रोकिएका विकास निर्माणका कार्यहरु तिव्र गतिमा अघि बढ्यो

भक्तपुर, २५ मङ्सिर । विकास र समृद्धिको गतिलाई पच्छ्याइरहेको भक्तपुर जिल्लामा रोकिएका विकासका कार्यहरुले तिव्रता पाएको छ ।

भक्तपुरलाई नमुना जिल्ला बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुरमा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको हो ।

भक्तपुरका जनप्रतिनिधि निर्वाचित भएको करिव एक वर्षमा नै भक्तपुरलाई समृद्ध बनाउने बाटोहरु खुल्दै गइरहेका छन् । विगतमा नेतृत्वको कमजोरी, ठेकेदारको लापरवाही, सामान्य स्थानीयवासीको विवाद तथा प्रशासनको कडाई नभएकाले विकास निर्माणका कार्यहरु अलपत्र पर्दै गएका थिए ।

एक वडा एक मुल सडकको महत्वकांक्षि योजनाका साथ सांसद बस्नेतको पहलमा पछिल्लो समय विकास निर्माणका कार्यहरुमा भएका समस्याहरुको निराकरण भई कामले गति लिएको हो ।

रोकिएका काहरुले शुरु भएकामा बाप्पा महादेवदेखि मध्यपुर थिमी नगरपालिका जाने सडक, मध्यपुर अस्पतालहुँदै गाम्चा तर्खगाल जाने सडक, मध्यपुर नगरपालिका वडा नं ९, लोगो गार्मेटबाट खड्का टोल हुँदै कृषि तालिम केन्द्र बोडे जाने बाटो सिर्जनानगरदेखि सूर्यविनायक नगरपालिका कार्यालय हुँदै लुभु जाने सडक लगायतका सडक निर्माण तथा कालोपत्रे गर्ने कार्यहरुले तिव्रता पाएका छन् ।

सांसद बस्नेतको समृद्ध भक्तपुर तथा विकसित भक्तपुर बनाउने योजना अनुसार सफा, सुन्दर, विकासित, सुरक्षित, जाम मुक्त, लागुऔषध तथा दुव्र्यसनी मुक्त, पर्यटकिय स्थल लगायतको रुपमा विकसित गराउने लक्ष्यका साथ जनप्रतिनिधि तथा स्थानीयवासी एक ढिक्का भई लागि परेका छन् ।

सांसद बस्नेतको हनुमन्ते करिडोर निर्माण, सडक विस्तार, नयाँ सडक, पुल, सरसफाई, स्मार्ट सिटी, रंगशाला, सभागृह, आधुनिक वीर अस्पताल, कवोर्ड हल, सुरुङ मार्ग लगायतका सयौं योजनाहरु सफल बनाउनमा नै ध्यान मुख्यतय केन्द्रीत भएको देखिन्छ ।

विकास निर्माणका कार्यहरलाई शुरुवात गरी निरन्तर रुपमा निरिक्षण गर्दै आउनुभएका सांसद बस्नेतले आगामी दिनमा कुनै पनि बहानामा विकास निर्माणका कार्यहरु रोकिनु नहुने बताउनुभएको छ । आर्थिक, सामाजिक, स्थानीयवासी तथा सरोकारवाला निकाय लगायतको समस्या समाधान गर्न जनप्रतिनिधि तयार रहेको भन्दै सांसद बस्नेतले विकास निर्माणमा कसैले अवरोध गरे कानुनी उपचार गरी निर्माण कार्यलाई निरन्तर अघि बढाउने समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय