भ्रष्टचारीलाई कारवाही गर्न अख्तियार पर्खेर बस्नु हुँदैन : नेता श्रेष्ठ

काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै पर्खेर बस्नु नपर्ने बताउनुभएको छ ।

आज यहाँ कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत संयुक्त प्राध्यापक तथा विद्यार्थी संघहरूद्वारा आयोजित ‘कृषि र वन विज्ञान शिक्षामा निजीकरण’ विषयक अन्तरक्रियामा बोल्दै नेता श्रेष्ठले सबै मिलेर भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘विद्यार्थी, शिक्षक, प्राध्यापक, नेता सबैले भ्रष्टाचारको विरोधमा नयाँ बहस चलाउनु आवश्यक छ’ उनले भने, ‘विद्यार्थी नै विद्यार्थी जस्ता छैनन् । युवा पनि युवा जस्ता भएनन् । विद्यार्थी नेता नै पैसा लिएर सम्बन्धन दिलाउन लागेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका